अात्मा निर्भर चराको गीत……

म एउटा चराको गीत सुन्दै थिएँ र म सुरुमा जोरले रोएँ किनकी त्यो चरीले अाफ्नो पीडा सुनार्इ रहेकी थिर्इ।

उसले गार्इ….

मेरा दाजु, दिदि, भार्इ, बहिनी, अामा, बाबु, अाफन्त र मित्रहरु सबैले मलार्इ मेरो गुँडबाट धकेलेर भुर्इमा झारि दिए।

म रोएँ र कराएँ किनभने मलार्इ पीडा भयो, भोक लाग्यो र एकलो महसुस भयो। मेरो रुवार्इ र चिचाहाटनै प्रार्थना बन्यो।

मलार्इ के गरुँ र कता जाउँ भयो र उत्तर अायो, मभित्रको अन्तरअात्माले भन्यो,”अब चुप लाग, अाँसु पुछ र हिँड्न थाल्।”

म केही बेर हिँडेको मात्र थिएँ र मैले प्रशस्त खानेकुरा पाएँ, एकदम स्वादिलो भोजन र पानीहरु पाएँ। 

बिस्तारै म उड्न पनि थालेँ। जुन हावासित मैले गुँडबाट खस्दा, लडार्इ गरेँ तर त्यसले मलार्इ थाम्न सकेन, अहिले यस माथी खेलेर उड्न थालेँ।

अहिले फरकेर म ती दिनलार्इ याद गर्छु जब म तिक्तताले भरिएको थिएँ र रोएर कराएको थिएँ।

तर म अाज मेरा दाजु, दिदि, भार्इ, बहिनी, अामा, बाबु, अाफन्त र मित्रहरु समझेर खुशीले रुन्छु। 

धन्यवाद ती मेरा दाजु, दिदि, भार्इ, बहिनी, अामा, बाबु, अाफन्त र मित्रहरु जसले मलार्इ मेरा गुँडबाट फालिदिए।

अाज म उनीहरुको कारण स्वतन्त्र र अात्मानिर्भर छु, म उनीहरुलार्इ धेरै सम्झन्छु।

तर चरीको पुरै गीत सुने पछि म खुशीले रोएँ किनकी उ स्वतन्त्र र अात्मानिर्भर चरी थिर्इ।

जब त्यसका बच्चाहरू अति भोकाएर परमेश्वरलाई पुर्कादा,भोजनको खोजीमा डुलिरहेको कागलाई कसले खुवाउँछ?       अय्यूब ३८ः४१

Adapted from the book ‘Song of Birds’ by Thomas Bogaty

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s