Leaders should follow wish of sheeps as well….

Proverbs 27:23-27

23Be sure you know the condition of your flocks,
    give careful attention to your herds;
24 for riches do not endure forever,
    and a crown is not secure for all generations.
25 When the hay is removed and new growth appears
    and the grass from the hills is gathered in,
26 the lambs will provide you with clothing,
    and the goats with the price of a field.
27 You will have plenty of goats’ milk to feed your family
    and to nourish your female servants.

प्रबिधि दुनियाँमा नोकिया सफलता र असफलता दुवैको प्रतिक हो । कुनै बेला मोबाइल भनेकै नोकिया भन्ने अबस्था थियो । सन् २००७ मा मात्र मोबाइल बजारको ४० प्रतिशत हिस्सा नोकियाको थियो । तर, सन् २०१४ सम्म आइपुग्दा नोकियाले आफ्नो बजार हिस्सा गुमाउँदै अन्ततः सधैका लागि बन्द हुनुपर्ने स्थितिमा पुग्यो । अब मोबाइल फोन बजारमा नोकिया केवल इतिहास बन्यो, बिद्यार्थीहरुका लागि सन्र्दभ सामाग्रीका रुपमा । मोबाइल उत्पादन युनिट माइक्रोसफ्टलाई बेचेसँगै अब नोकिया ब्राण्ड मोबाइल फोन उत्पादन हुने छैन् ।
प्रबिधि दुनियाँ कति गतिशिल छ भन्ने कुराको सवैभन्दा ठूलो उदाहरण हो नोकिया । के आजका एप्पल, गुगल वा सामसुङ जस्ता प्रबिधि बादशाहहरु भोली नोकियाको नियति भोग्न बाध्य होलान ? आखिर किन ढल्यो नोकिया ? यति ठूलो बहुराष्ट्रिय ब्राण्डलाई कसले मार्‍यो ? यसमा कम्पनीको आफ्नो नीति जिम्मेवार थियो वा बाह्य कारण ?
यस्तै प्रश्नको जवाफसहित नोकियाको उत्थान र अबसानका केस्राकेस्रा केलाएर पेक्का न्याकानेन मेरिना साल्मिनेनले हालै ‘ओपेराटियो इलोप’ पुस्तक प्रकाशन गरेका छन् । पुस्तकको सारलाई समेट्दै उनीहरुले प्रोजेक्ट सिण्डिकेटमा लेखेको यो लेख भावानुवाद गरि यहाँ प्रस्तुत गरेका छौं ।
प्रविधि उद्योगमा स्थापित तथा अग्रणी कम्पनीहरु प्रायः छिटै तथा क्रुरतापूर्ण तरिकाले धरासायी हुने कुरा नियम जस्तै बनेको छ । मोबाइल फोन उत्पादक नोकिया कम्पनीको सफलताको कथा युरोपका प्रविधि उद्योगमा सबैभन्दा ठूलो सफलताको कथामा पर्छ । तर, यो नियमबाट नोकिया पनि अछुतो रहेन र केही वर्षको अन्तरालमै आफ्नो बजार हिस्सा गुमाउन पुग्यो । के अहिलेको प्रविधि जगतका सर्वोत्कृष्ट कम्पनी एप्पल र गुगल यो नियतिबाट बच्न सक्लान् ?
सन् २००७ मा विश्वबजारमा हुने मोबाइल फोन बिक्रिमा नोकियाको हिस्सा ४० प्रतिशत थियो । तर, त्यतिबेलासम्म उपभोक्ताको रोजाइ टचस्बिmनवाला स्मार्टफोनतर्फ सर्दै थियो । सो वर्षको मध्यतिर एप्पलको आइफोन बजारमा आएसँगै नोकियाको बजार हिस्सा तिब्र रुपमा खुम्चियो भने आयमा समेत ठूलो गिरावट आयो । सन् २०१३ को अन्त्यमा त नोकियाले आफ्नो फोन व्यवसाय माइक्रोसफ्टलाई बिक्रि गर्न बाध्य भयो ।
नोकियाको भाग्यमा यसरी बिर्को लाग्नुको मुख्य कारण चाहीँ सन् २०१० को अक्टोबरमा पद सम्हालेका यसका प्रमुख कार्यकारी स्टेफेन इलोपका श्रृंखलाबद्ध निर्णयहरु बन्न पुगे । इलोप नोकियाको शीर्ष पदमा रहुन्जेल हरेक दिन कम्पनीको बजार मूल्य २ करोड ३० लाख डलरले घट्यो, जुन असफलताले उनलाई ‘इतिहासकै सबैभन्दा खराब सिइओमध्येे एक’का रुपमा बदनाम गरायो ।
इलोपको सबैभन्दा ठूलो गल्ती भनेकै नोकियाको स्मार्टफोनका लागि एकमात्र प्लाटर्फमको रुपमा माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम छनोट गर्नु रह्यो ।
आफ्नो बर्निङ प्लाटर्फम शीर्षकको स्मृतिपत्रमा इलोपले नोकियालाई यस्तो मानिससँग तुलना गरेका छन् जो समुद्रको किनारमा आगोको लप्काले घेरिएको छ, जसको विकल्प कि त जलेर मर्नु हो कि त चिसो समुद्रमा अनिश्चित हाम फाल्नु हो । उनले भनेको यो कुरा सही थियो की यथास्थितिको व्यवसाय नोकियाका लागि मृत्युसरह थियो तर कम्पनीको जीवन प्रदायकको रुपमा माइक्रोसफ्टलाई छनोट गर्नु भने उनको त्यो भन्दा ठूलो गल्ती थियो ।
गल्ती गर्नेमा केवल इलोप मात्र थिएनन् । नोकियाको पूरै बोर्डले नै परिवर्तनको विरोध गर्यो जसका कारण प्रविधि उद्योगमा आएको तिब्र परिवर्तनमा अनुकुलित हुन नोकियालाई असम्भव भयो । जोर्मा ओलिला पनि उल्लेखनीय नाम हो, जसले नोकियालाई औद्योगिक समूहबाट टेक जाएन्ट कम्पनीसम्म पूराउने अगुवाई गरे । विगतको सफलताप्रतिको ठूलो मोहका कारण प्रतिस्पर्धीतालाई धान्नका लागि आवश्यक पर्ने परिवर्तनलाई पहिचान गर्न उनी असफल रहे ।
नोकिया कम्पनी खर्च कटौतीको निरासाजनक कार्यक्रममा समेत फस्यो जसबाट नोकियाका हजारौँ कर्मचारीले जागिर गुमाए । यसले कम्पनीको एकमन संस्कार ध्वस्त पार्न सहयोग गर्यो । नोकियाका कर्मचारीको एकमन संस्कार अर्थात् एकताका कारण कर्मचारीहरुलाई जोखिम मोल्न तथा चमत्कार गर्नका लागि अभिप्रेरित गथ्र्यो । क्रमशः असल अगुवाहरुले कम्पनी छाड्न लागे र नोकियाको दूरदृष्टि तथा दिशाको चेतना समेत आफुसँगै लगे । त्यो सँगै नोकियाको सबैभन्दा मूल्यवान डिजाइन तथा प्रोग्रामिङका दक्ष र प्रतिभावान जनशक्तिले समेत कम्पनी छाडे ।

तर आइफोन तथा एन्ड्रोइड डिभाइस जस्तै सहज र प्रयोगकर्तामैत्री स्मार्टफोन निर्माण गर्ने नोकियाको क्षमतामा सबैभन्दा ठूलो अड्चन उत्पन्न गर्ने विषय नै आफ्नो विगतको सफलताको विषयमै अडिरहनु र त्यसभन्दा अगाडि बढ्न अस्विकार गर्नु रह्यो । उदाहरणका लागि नोकियाले सुरुमा गुगल एप्लिकेसन समावेश नगरिकन आफ्ना स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्न नसक्ने दाबी गर्यो । तर माइक्रोसफ्टले किन्नुअघि सम्म भने नोकियाले एन्ड्रोइडमा आधारित फोनहरु गुगल एक्स निर्माण गरेको थियो जसमा गुगल एप्सको साटो नोकिया म्याप र माइक्रोसफ्ट सर्च राखिएको थियो । नोकियाले किन पहिले नै एन्ड्रोइड छानेन ? यसको छोटो उत्तर हो- पैसा । माइक्रोसफ्टले विन्डोज फोनमात्र प्रयोग गर्नका लागि नोकियालाई अरबौँ डलर रकम तिर्ने प्रतिबद्धता जनाएको थियो । गुगलले आफ्नो एन्ड्रोइड सफ्टवेयर प्रदान गर्ने कुरासँग माइक्रोसफ्टको पैसाको अफरको तालमेल मिल्ने कुरा भएन । तर, माइक्रोसफ्टको पैसाले नोकियालाई बचाउन सकेन । पैसा मात्रैले औद्योगिक वातावरण बनाउन असम्भव हुन्छ । इलोपको माइक्रोसफ्टको पूर्व अनुभवले पनि निश्चित रुपमा यसमा भूमिमा खेल्यो । अन्ततः अप्ठेरो अवस्थामा मानिस आफुजस्तै लाग्ने चिजतर्फ नै ढल्किन्छ । इलोपका लागि आफुजस्तै लाग्ने चिज अर्को डुब्न लागेको कम्पनी बन्यो । नोकियाले विन्डोज छनोट गरेको कुरा सुनेपछि उतिबेलै गुगलका निर्देशक विक गुन्डोत्राले टि्वटरमा लेखेका थिए, ‘दुई टर्की चरा मिलाएर चिल बनाउन सकिँदैन ।’ एप्पल र गुगलले पनि सजिलोसँग आराम गर्नु हुँदैन । मोबाइल फोन उद्योगमा नोकियाले जस्तै कुनै दिन उनीहरुले आफ्नो वर्चस्व गुमाउन सक्छन् । तर आफ्नो सफलतालाई लम्बाउन उनीहरुले चाल्न सक्ने पाइलाहरु भने छन् । पहिलो, यी कम्पनीहरुले नयाँ आविष्कारलाई निरन्तरता दिनुपर्छ जसका कारण आफैभित्रबाट सिर्जना हुनसक्ने विघटनकारी प्रविधिलाई सुधार्न सकोस् । यदि बजार अगुवाहरुले नयाँ आइडियाको आविष्कार गर्ने तथा मलजल गर्ने प्रणालीलाई लागू गरे र कामदारहरुले गल्तीबाट डराउनु नपर्ने संस्कृतिको निर्माण गरे भने उनीहरु आफ्नो उद्योगको धारमा टिकिरहन सक्छन् । दोश्रो, मुख्य उद्योगहरुले नयाँ उदीयमान आविष्कारकहरुलाई मूलप्रवाहीकरण गर्नुपर्छ । साना कम्पनीहरुसँग साझेदारी गर्नुको साटो आविष्कारशील प्रविधि तथा हस्तक्षेपकारी क्षमतासहित काम गर्नुपर्छ । अन्त्यमा, सफल कम्पनीहरुले निरन्तर रुपमा आविष्कार गरिरहनु पर्छ नै उनीहरु अनुकरण गर्ने कुरामा पनि डराउनु हुँदैन । यदि आइफोन बजारमा आइसकेपछि नोकियाले तत्कालै आफ्ना प्रडक्टहरुलाई सोही बमोजिम विकाश गरेको भए अहिले नोकियाको अवस्था निकै भिन्न हुने थियो । नोकियाको अनुभवले नियामकहरुको लागि पनि महत्वपूर्ण पाठ पढाएको छ, विशेषगरी युरोपेली युनियनमा । अवरोधकारी प्रविधिलाई निर्मूल पार्नु तथा विद्यमान कम्पनीहरुलाई संरक्षण गर्ने प्रयास गर्नु सही विकल्प होइन । यस्तो प्रयासले ग्राहकलाई हानी गर्छ, एकातर्फ प्रविधिको प्रगतिमा बाधा गरेर र अर्को तर्फ मूल्य प्रतिस्पर्धालाई हटाएर । सामसुङका एन्ड्रोइड स्मार्टफोनका कारण एप्पललले आफ्ना आइफोनको मूल्य घटाउनु परेको उदाहरण हाम्रो सामु छ । नोकियाको असफलतामा निकै महत्वपूर्ण शिक्षा लुकेको छ । प्रविधि कम्पनीहरु आफ्नो बोर्ड अफ डाइरेक्टरहरुलाई खुसी पारेर तथा साझेदारसँग दशौँ लाख डलरको सम्झौता गरेर मात्र सफल बन्न सक्दैनन् । जुन कम्पनीले उपभोक्तालाई खुसी बनाउन सक्छ, चाहे त्यो स्थापित बहुराष्ट्रिय कम्पनी होस् वा चलायमान स्टार्टअप, उसैले विजय हासिल गर्छ । यो पाटोलाई नजरअन्दाज गर्ने कम्पनीहरु अवश्य विनाश हुन्छन् ।

– See more at: http://www.onlinekhabar.com/2014/12/218804/#sthash.MYgDyvkJ.dpuf

http://www.onlinekhabar.com/2014/12/218804/#sthash.MYgDyvkJ.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s